हागी सिटीको परिचय

The ruins of Hagi castle

हागी दरबार भग्नावशेष

रजौटाहरूको युद्धकालिन बेलामा माहान योद्धा मोउरी तेरूमोतोले सन् १६०४ मा हागीमा दरबार निर्माण गरी त्येही बाट राजकाजको काम गरेका थिए । एदो कालको अन्त्य तिर सदरमुकाम यामागुचीमा सार्ने बेला सम्म लगभग २६० वर्ष सम्म मोउरी ३,६०,००० ढुङ्गाबाट निर्मित दरबार क्षेत्रको रूपमा परिचित थियो ।

 

 

 

 

 

 

Old street in Hagi

हागी दरबार क्षेत्र

एदो काल (१७औँ देखी अठारौँ शताब्दी) को नक्सा अहिले पनि जस्ताको तस्तै प्रयोग गर्न सकिने सम्मको पुरानो नगरको ऐतिहिक छविलार्इ जोगार्इ राखेको पुरै नगर क्षेत्र सङ्ग्राहालयको रूपमा अवलोकन गर्न सकिने जापानकै थोरै दरबार क्षेत्र भित्र पर्दछ ।

 

 

 

 

 

 

 

Shokasonjuku

松下村塾

यसको साथै, हागी जापानको आधुनिकरणको आधार भुमीको रूपमा चिनिन्छ । योसिदा शोउइन् (शैक्षिक अभियान कर्ता) र उहाँका अनुयायीहरू ताकासुगी शिन्साकु, कुसाका गेन्जुइ, इतोउ हिरोबुमी (पहिलो प्रधानमन्त्रि) लगायत जन्मिएको र इसिन्ताइदोउ (मेइजी युगको स्थापना अभियान) शुरू भएको ठाँउको रूपमा परिचित छ । सन् २०१५ मा NHK ( जापानको राष्ट्रिय टेलिभिजन) मा योसिदा शोउइन् को बहिनीको जिवनीमा आधारित ऐतिहासिक टेलिश्रृङ्खला हानामोयू प्रशारण गरिएको थियो । त्येस पछि बाकुमाचु (यदो कालको अन्तिम समय) ले लोकप्रियता पार्इ आन्तरिक पर्यटनमा प्रशिद्धी पाएको छ । त्येस्तै गरी बाकुमाचु र मेइजीइसिन् (मेइजी कालको शुरूवाती समय) देखि विश्व युद्ध शुरू हुनु भन्दा अघिको समयमा औद्योगिक क्षेत्र र सफल उत्पादन सामाग्रीको औद्योगीक उत्पादन शुरू भएको थियो । औद्योगिक आधुनिकरणमा जापानको शिक्षा मोडल लगायतको योगदान लार्इ कदर गर्दै जापानको मेइजी औद्योगिक क्रान्ति सम्पदा लार्इ युनेस्को को विश्व सम्पदा सुचिमा सुचिकृत गरिएको छ । त्येस विश्व सम्पदा अन्तर्गत हागीको ऐतिहासिक तथा सास्कृतिक महत्वलार्इ उच्च मुल्यांकन गर्दै हागी औद्योगिक भट्टीको भग्नावशेष, हागी दरबार क्षेत्र र शोउका ग्रामिण पाठशाला लार्इ सुचिकृत गरिएको छ ।

 

 

जापानको प्रतिनिधित्व गर्नै परम्परागत मौलिक शिल्प हागीशो (हागीबाट शुरू भएको माटो जन्य सामाग्री पोल्ने शिल्प) हागीको उत्पादनको रूपमा धैरै ग्रिन टी समारोहहरूमा जापानमा निर्मित पहिलो सामाग्री भनेर धेरैले मन पराउने गरेका छनू । नानाबाके हागीशो को विशेषता हो । नानाबाके भन्नाले चिया पिउने भाँडोमा चिया खन्याउदा भाँडोको भित्रिभागमा रहेको चर्किएको जस्तो देखिने भागमा चियाको रङ्ग (दाग) ले गर्दा देखिने सुन्दर दृश्यले भाँडोमा देखिने परिवर्तनलार्इ जनाउछ । यो नानाबाके जापानको वाबी . साबी (वाबी भन्नाले कुनै दृश्यले गर्दा भित्रि अनुभतीमा देखिने परिवर्तन र साबी भन्नाले अनुहारमा वा व्यवहारमा देखिने परिवर्तन ) संस्कृती सँग धेरै गहिरो सम्बन्ध रहेको हुँदा हागीशो ले जापानको परम्परा र संस्कृतीलार्इ टेवा पुर्‍याउदै आएको छ । तीन हजार पहाडले घेरिएको समुन्द्र तर्फ मोडिएको प्राकृतिक सुन्दरताले भरीपुर्ण हागीमा मिठो खानेकुराहरू धेरै छ । मौसम अनुसारका पर्वतिय खाद्य पदार्थ, आँखा अगाडीको समुन्द्रबाट निकालिएको प्रतिष्ठित स्वच्छ माछा जन्य सामुन्द्रिक आहार खानको लागी टोक्यो, ओसाका, फुकुओका लगायत टाढा पर्ने ठाँउ बाट मानिसहरू आउने गर्दछन् । तपाँर्इहरू पनि हागीको मिठो खाने कुराको स्वद लिनुहोला ।

 

shopping mall

हागी कलेजको


drug store

कलेज नजिकै खाद्य सामाग्रि सस्तोमा खरिद गर्न सकिन्छ । औषधि जन्य सामाग्री बिक्री वितरण गर्ने ठाँउ नजिकै भएकोले बिरामी परेको बेलामा सजिलो हुन्छ ।