शिमोनोसेकी सिटीको परिचय

शिमोनोसेकी सिटी होन्शु (जापानी द्वीपको एक भाग) को सबै भन्दा पश्चिममा पर्दछ ।

कानमोन बन्दरगाह (जलमार्ग) ले घेरिएको र क्युशु (जापानी द्वीपको एक भाग) तर्फ फर्किएको, कोरियन द्वीपबाट होस् या चिनबाट सबै भन्दा नजिक पर्ने धेरै पहिले देखि जल तथा स्थल यातायातको एक महत्वपुर्ण स्थानको रूपमा परिचित छ ।

जापानको इतिहासमा शिमोनोसेकी पटक पटक महत्वपुर्ण कोशेढुङ्गा सावित भर्इ, विभिन्न नाट्य काव्यहरू पनि लेखिएको छ । बुन्जी कालको पहिलो वर्ष (सन् १८८५) मार्च २४ को दिन दान्नोउरा भन्ने ठाँउमा गेन्जि सेना र हेइके सेना को अन्तिम लडार्इ भएको थियो ।

Dan-no-ura no tatakai

दान नो उरा (ठाँउको नाम) युध्द


akamajingu

आकामा जिन्गु(मन्दिर)

 

 

 

 

 

 

 

 

समुन्द्री मार्गमा पानीको बहाबलार्इ सदुपयोग गर्दै हेर्इके सेना माथि आक्रमण गरी  मिनामोतो नोयोसिचुने (योद्धा) ले विजय प्राप्त गरेका र हेइके राजाको हत्या गरिएको थियो ।

मात्र आठ वर्षका राजा आन्तोकुको तिन वटा राजकिय खजानाका साथ कान्मोन् बन्दरगाहमा बगाएर हत्या गरियो ।

हेइके राजाको निधन पश्चात बुशी (सामुरार्इ सैनिक) शासनको शुरूवात भएको थियो ।

मेइजी कलिन समयको शुरूवात सँगै  सामुरार्इ युगको अन्त्य भएको यदो कालिन समयको पनि अन्त्य भएको थियो ।

यहि समयमा प्रख्यात व्यक्तिहरू शिमोनोसेकीलार्इ कर्मथलो बनार्इ जापानको आधुनिकरणमा योगदान पुर्‍याएका थिय ।

शिमोनोसेकीमा कोउसुकी शिन्साकु को नाम सबै भन्दा धेरै  परिचित छ ।

जापानमा आधुनिकरण शुरू भए पश्चात देश भर व्यापक विकास भयो तर त्यस पश्चात दुर्भाग्यवश युद्धकालिन युगको नमिठो अनुभव पनि लियो ।

युद्ध समाप्त भए पछि जापान नव राष्ट्र निर्माण गर्न सफल भयो ।

शिमोनोसेकी पनि बन्दरगाह शहरको रूपमा परिचित हुदै आयो ।

 

सन् १९५८ मा कान्मोन् राजमार्ग सुरूङ्ग सञ्चालन
शोवा ३३ साल (सन् १९५८) मा शिमोनोसेकी सिटी र किताक्युशु सिटी जोड्ने कान्मोन् राजमार्ग सुरूङ्ग (समुन्द्र मुनि निर्माण गरिएको) सञ्चालन गिरियो ।
जम्मा लम्बार्इ ३,४६१ मिटर (समुन्द्रको भाग ७८० मिटर) रहेको छ । सवारी साधन र बटुवाको लागी छुट्टा छुट्टै दुर्इ तहमा निर्माण गरिएको छ ।
सन् १९७३ मा कान्मोन् पुल सञ्चालन
शोवा ४८ साल ( सन् १९७३) मा च्युकोकु हार्इवे अन्तर्गतको कान्मोन् पुल (शिमोनोसेकी र मोजी जोड्ने) सञ्चालनमा ल्यइएको थियो ।

Kanmon bridge

कान्मोन् राजमार्ग सुरूङ्ग

 

 

 

 

 

 

 

 

सन् १९७५ मा शिन् शिमोनोसेकी स्टेशन सञ्चालन
शोवा ५० साल (सन् १९७५) मा सान्यो बुलेट ट्रेन लाइन सञ्चालन भर्इ शिनशिमोनोसेकी स्टेशन सञ्चालन शुरू गरियो ।
सन् २००५ बाट नयाँ शिमोनोसेकी सिटी को पुनःगठन
हेइसेर्इ १७ साल (सन् २००५) फेब्रुवरी १३ मा शिमोनोसेकी सिटी, किकुगावा च्यो, तोयोता च्यो, तोयोउरा च्यो गरी एउटा नगरपालिका र चार वटा गाँउलार्इ गाभेर नयाँ शिमोनोसेकी नगरपालिका (सिटि) स्थापना भएको हो ।

 

Introduction of Shimonoseki city

कलेज नजिकै शिमोनोसेकी स्टेशन र बस स्टेशन भएको हुनाले राम्रो यातायातको सुबिधा उपलब्ध छ ।

 

Introduction of Shimonoseki city

कलेज वरिपरी विभिन्न किनमेलका सपिङ्ग सेन्टरहरू भएकोले कक्षा सकिए पछि किनमेल गर्न सकिने राम्रो सुविधा छ ।

 

Introduction of Shimonoseki city

कलेज नजिकै पोष्ट अफिस छ, सजिलै चिठीपत्र वा सामान पठाउन सजिलो छ ।